Tuesday, July 7

जलवायु परिवर्तनको असरबारे गम्भीर होऔं: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सयुक्तराष्ट्रसंघका महासचिव एन्टोनियगुटरेको हालैको नेपाल भ्रमणले जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायको ध्यान आकर्षण गर्न सफल भएको बताउनु भएको छ ।

Advertisement

नेपाल फ्रेडसीपग्यादरिङ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले महासचिवगुटसेरको भ्रमणले लुम्बिनीबाट शान्तिको सन्देश र सगरमाथा आधार शिविरबाट जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वको ध्यान आकर्षण गर्न सफल भएको बताउनुभएको हो ।

Advertisement
Advertisement

उहाँले भन्नुभयो “महासचिवको भ्रमण आफैमा ठूलो उपलब्धि हो त्यसमा पनि विश्व शान्ति र जलवायु परिवर्तनका बारेमा विश्व समुदायमा पुगेको सन्देश अर्को उपलब्धि हो ।” आफू प्रधानमन्त्री हुँदा जलवायु परिवर्तनको एजेन्डा बोकेर २०६६ मंसिर १९ गते सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक राखेको स्मरण गर्दै उहाँले कार्वन उत्सर्जनका विषयमा गम्भिर हुन सबैलाई आग्रह गर्नुभयो ।

Advertisement

उहाँले सो क्षेत्रको ढुङ्गा तत्कालीन अमेरिककी राष्ट्रपति बाराक ओवामालाई  उपहार समेत दिएको स्मरण गर्दै २०६६ मंसिर २२ देखि पुस ३ सम्म डेनमार्कको राजधानी कोपेनहेगनमा भएको विश्व जलवायु सम्मेलनमा आफूले प्राथमिकताका साथ कुरा राखेको जनाउनु भयो ।

कोपेनहेगन बैठकमा नेपालले जलवायु परिवर्तनका कारण नेपाल र पर्वतीय देशमा देखिएको सङ्कटबारे विश्वलाई ध्यानाकर्षित गराएको उहाँले बताउनुभयो । कालापत्थरमा मन्त्रिपरिषद्को  बैठकले जलवायु परिवर्तनबारे १० बुँदे सगरमाथा घोषणापत्र जारी गरेको थियो ।

कार्यक्रमको संयोजक समूह मध्येका एक ताज मोहम्मद मियाका अनुसार फ्रेन्डसिप ग्यादरिङ नेपाल भारत, उत्तरी सुडान, नर्वे, अमेरिका लगायतका मुलुक अभियन्ता तथा सांसदहरू प्रतिनिधि छन् । बिभिन्न मुलुकबाट नेपाल आएका प्रतिनिधिले जलवायु परिवर्तन, शान्ति र स्थिरता तथा मानव बेचबिखन विरुद्धको अभियानमा एक अर्का मुलुकसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल गर्नेछन् ।