राजनीतिसमाचार

एकीकृत समाजवादीले पार्टीको १० औं महाधिवेशन काठमाण्डौमा गर्ने

नेपालअखबार, काठमाडौं। नेकपा (एकीकृत समाजवादी ) ले पार्टीको १० औं महाधिवेशन काठमाण्डौम गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालयको ६८ औं बैठकपछि पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले १४ देखि १८ माघसम्म काठमाडौँमा गर्ने निर्णय गरेको बताउनु भयो  ।

यसअघि नै महाधिवेशनको मिति तय गरेको भए पनि स्थान तोकिएको थिएन ।  पार्टीको सचिवालय बैठकले काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
यस अघि काठमाडौंमा सम्पन्न पार्टीको छैटौं पूर्ण बैठकबाट एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको थियो ।

२००७ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भएको जनाएको एकीकृत समाजवादीले एमालेसँग नवौँ महाविधेशनपछि २०७८ सालमा पार्टीलाई पूनर्गठन गरेको थियो । एकीकृत समाजवादीले गठन भएको दुई वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो ।

the authoradmin