राजनीतिसमाचार

एकीकृत समाजवादीले भूकम्पपीडितको राहतका लागि २५ लाख जम्मा गर्ने

नेपालअखबार, काठमाडौं नेकपा (एकीकृत समाजवादी) ले भूकम्पपीडितका लागि २५ लाख रूपैयाँ राहत जम्मा गर्ने निर्णय गरेको छ । सोमबारको ६८ औं सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको बैठकपछि पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो  ।

बैठकले राजनीतिक नियुक्ति लिएका नेता कार्यकर्ताहरुलाई १५ दिनको पारिश्रमिकबराबरको रकम  पार्टीमा जम्मा गर्न साथै कार्यकर्ताबाट रकम संकलन गरी दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

पार्टीले भुकम्पप्रभावितका लागि उद्धार र राहतमा सहयोग गर्न यसअघि पार्टी उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई खटाइसकेको छ ।

the authoradmin