Tuesday, May 26

युवा संघद्वारा संकलित राहत नेता खनालद्वारा हस्तान्तरण

नेपालअखबार, काठमाडौं भूकम्प पीडितहरूको लागि युवा संघ नेपालद्वारा संकलित राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइएको छ । बिहीबार एक समारोहका  बिच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले १४ लाख मूल्य बराबरको राहत सामाग्री युवा संघ नेपाललाई हस्तान्तरण गर्नुभयो ।

युवा संघका प्रवक्ता सञ्जिप राईको टोली आजै उक्त राहत सामाग्री लिएर प्रभावित क्षेत्र जाजरकोट लागेको  छ । राहत सामाग्री हस्तान्तरण गर्दै नेता खनालले राहत पाउने कुरामा प्रभावितहरू थप समस्यामा परेको सरकारले सामान्य भन्दा सामान्य सेवा सुविधा समेत नपाएको समाचार सत्य हो भने दर्दनाक र दुखद कुरा हो यो ढिलाई आपत्ति जनक कुरा हो सरकारलाई गम्भिर हुन र ढिला नगर्न सुझाव सहित चेतावनी दीन चाहन्छु उहाँले भन्नु भएको छ । उहाँले सुत्केरी महिला समेतले पाउनुपर्ने सुविधा नपाएको प्रति गम्भिर चिन्ता व्यक्त गर्नुभएको छ ।

Advertisement

राहत सामाग्रीहरू डिजिटल सोलार प्यानल करिव ६ लाख बराबरको  २० थान , एन्टि मस्क्युटो किड्स एक लाख बराबरको २५२ थान ,सेनिटरी प्याड ३ लाख बराबरको ५०० थान, अक्सिजन कन्सन्ट्रेटर एक थान एक लाख ५० हजार ,अक्सिमीटर एक थान एक लाख ५० हजार बराबरको , र विभिन्न औषधिहरू २ लाख वढी मूल्यबराबरको र भोलेन्टियर हेलमेट एक सय थान ५० हजार बराबरको रहेको बताईएको छ ।  गत शुक्रबार ६.४ रेक्टरस्केलको भूकम्पले जाजरकोट सहितका जिल्लामा जनधन सहित ठूलो क्षति पुर्याएको छ ।