Tuesday, July 28

महावीर पुनसहित १० जना सम्मानित

नेपालअखबार, काठमाडौँ । वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनसहित १० जना व्यक्ति सम्मानित भएका छन् । अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउन्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पुनसँगै प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा.सन्दुक रुइत, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईँ, कवि नवराज पराजुली, इन्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।

Advertisement

त्यस्तै फाउन्डेसनले वरिष्ठ समालोचक एवम् साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवम् गीतकार उन्नति बोहोरा शिला, प्राध्यापक एवम् साहित्यकार डाक्टर फणिन्द्रराज निरौला, साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेमप्रकाश सिटौला, पत्रकार एचवी ताम्राकार र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ ।

Advertisement
Advertisement

हरेक वर्ष विभिन्न पेशा, व्यवसायमा सक्रिय रहँदै आएका  विज्ञ, संस्था, समाजसेवी र स्रष्टाहरूलाई सम्मान गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन, नर्दन क्यालिफोर्नियाका संस्थापक एवम् संरक्षक इन्जिनियर ईश्वरकान्त सिटौला बताए ।

Advertisement

इन्जिनियर इश्वरकान्तले २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउन्डेसन सञ्चालन गरेका हुन् ।  आफ्ना बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बाबुआमालाई सम्झिनुपर्छ भन्ने उद्देश्यले फाउन्डेसन खोलेको उनी बताउँछन् ।

सिटौलाको यो संस्थाले गरिब, दिन दुःखी, अनाथ, असहायहरूको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउन्डेसनले बालगृह, सरकारी स्कुल, नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरूलाई पुरस्कृत गर्दै आएको छ । रासस