समाचारसमाज

नेपाली युवाको श्रम गन्तव्यमा पहिलो रोजाइ युएई

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार ४९२ युवा श्रमका लागि युएई पुगेका छन् । यसमा ७ हजार १५ महिला र ३० हजार ४७७ पुरुष छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको विभागको तथ्यांकले देखाएको छ । यस तथ्यांकमा श्रम स्वीकृति नलिएका महिलाको गणना छैन । दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ । घरेलु कामदारका रूपमा पनि काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन् । अग्ला भवन, मरुभूमि, तेल र पर्यटनका लागि परिचित युएई संसारका केही विकसित देशमध्ये एक हो । यसको तीव्र रूपमा बढेको आर्थिक गतिविधिले नेपालीलाई श्रमका निम्ति स्वागत गर्ने गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

the authoradmin