Monday, July 20

छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै

नेपालअखबार, काठमाडाैं। सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ।

Advertisement

छठ पूजा को दोस्रो दिन पञ्चमी तिथिमा खरनाको दिन ब्रतालुहरु बिहानको खाना नखाई, दिन भरी व्रत बस्छन।

Advertisement
Advertisement

खरनाको राति ‘चामल र गुड्’ बाट बनेको खिर प्रसादको रुपमा छठी माईलाई खरना पुजामा अर्पण गर्छन्।

Advertisement

आँपको दाउरा तथा गोईठाको आगोको हवनमा प्रसाद, धुप, तिल, जौं आदिबाट हवन गरिन्छ। माटो बाट बनेको नयाँ चुलोमा गोईठा तथा आँपको दाउराको आगोमा प्रसाद पकाइन्छ।

यस दिनमा ब्रतालुले नुन खान नहुने मान्यता छ।

ब्रतालुहरु खरनाका दिनभरि भोकै बस्छन र राति खरना पुजाको प्रसाद ‘चामल र गुड्’ बाट बनेको खिर मात्र खान्छन्।

खरना पश्चात छठ ब्रतालुहरुले ३६ घण्टाको  निर्जला उपवास ब्रत ‘पारना’ सम्म बस्छन्।

छठको प्रारम्भ शुक्रबार ‘नहाय-खाय’ विधिबाट सुरू भएको थियो

छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ।

पर्व सुरू भएको मानिने कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन्। यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ।

बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र शुक्रबार (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने ब्रतालुले कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

ब्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ।

यो व्रत यसपालि पर्सी आइतबार सम्पन्न गरिने छ। यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ। यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ।

यसपालि  छठको समापन आउने सोमबार बिहान सूर्योदयसँगै गरिने छ।