Monday, June 1

स्वतन्त्र युवा नेत्री जि.सी एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार,काठमाण्डौ ।पोखरा महानगरपालिका ४ की स्वतन्त्र युवा नेत्री श्रमीकजि.सी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ ।

शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले युवा नेत्री जि.सीलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको हो ।

Advertisement

नवप्रवेशी जिसीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले युवाहरुको प्रतिनिधित्व गर्दै जिसी सहित थुप्रै युवाहरु एकीकृत समाजवादीमा  समाहित हुने क्रम जारी रहेको भन्दै उहाँलाई पार्टीले उचित जिम्मेवारी दिएर पार्टीका काममा परिचालित गर्ने बताउनु भयो ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रमेश हमाल केशवलाल श्रेष्ठ, उपमहासचिव डा. गंगालल तुलाधर ,पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज दिलु पन्त, केन्द्रीय सदस्य  तथा सांसद किसान श्रेष्ठ, केन्द्रीय सदस्य ताज मियाँ ,केन्द्रीय सदस्य तथा पार्टीका उपसचिव केदार संजेल गण्डकीका नेता प्रतापलाल श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

शैक्षिक क्षेत्र सहित विभिन्न सामाजिक क्षेत्रमा रहेर सामाजिक कार्यमा आवद्द जिसी गत निर्वाचनमा पोखराबाट प्रदेश सभामा स्वतन्त्र उम्मेद्वार समेत वन्नु भएको  थियो ।