खेलकुदसमाचार

मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुको सहकार्य

नेपालअखबार, पोखरा । पोखरामा हुने मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पुस ८ र ९ गते सञ्चालन हुने प्रतियोगितालाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका हुन् ।

मार्शल आर्ट खेलको विशिष्ट रुपमा परिभाषित मुवाथाई खेल पछिल्लो क्रममा नेपालमा समेत यसको व्यवासयिकरणको अभ्यास सुरु भएको हो । सोही अभ्यासलाई अभियानको रुपमा अघि बढाउन पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले बताए ।

“हामीले पहिलो पटक अभियानको रुपमा मुवाथाई खेललाई स्थापित गर्न अघि बढेका छौं” क्षेत्रीले भने–“यसले गण्डकी प्रदेशमा मात्रै नभई राष्ट्रिय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने छ । साथै यसले नेपालीमा यूवा खेलाडी उत्पादन र उनीहरुको क्षमता निर्खान समेत भूमिका खेल्नेछ ।”

प्रतियोगिताको तयारी सुरु भए संगै सहकार्यका लागि विभिन्न व्यवसायिक संस्थाहरु समेत सहयोगका लागि अघि आएको संयोजक खत्रीले जानकारी दिए । जस अनुसार नेपाली कपडाको उत्कृष्ट व्राण्डको रुपमा रहेको भिटालिक, पोखरा १५ रामबजार स्थित यूवाहरुले सञ्चालनमा ल्याएको पोखरा अर्वान मार्ट, अटोमोवाइल तथा व्याट्रिहरुको कम्पनी एमरोन र एम्पेल लगायतका संस्थाहरु रहेका छन् ।

‘कन्टेन्डर’ राष्ट्रिय मुवाथाई च्याम्पियनसिपलाई सहयोग गर्ने ति व्यवसायिक संस्थाहरु मध्ये  पोखरा अर्वान मार्टले खेलाडी पुरस्कार राशीमा, भिटालिकले खेलाडीहरुको पोशाकमा र अन्य संस्थाहरुले व्यवस्थापनमा सहयोग गर्ने भएको संयोजक खत्रीले जनाए । “सहयोग गर्ने संस्थाहरुलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छुु”, उनले भने–“उहाँहरुको सहयोगले प्रतियोगितालाई भव्य बनाउन विशेष योगदान रहने छ ।”

यस्तै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्न राष्ट्रिय मुवाथाई च्याम्पियनसिपले भूमिका खेल्ने बताए ।

the authoradmin