समाचारसमाज

स्थानीय तह स्वास्थ्यकर्मी संजाल राष्ट्रिय स्तरको ट्रेड युनियन गठनको घोषणा

Nepal Akhabar

नेपालअखबार । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुले बेग्लै ट्रेड युनियन स्थापना गरेका छन्। यस अघि “स्थानीय तह स्वास्थ्यकर्मी संजाल, नेपाल” नामक संगठन, पेसागत संगठनको रूपमा दर्ता रहेको थियो । मिति २०८०/०८/०८ शुक्रवारका दिन माधव नारायण नगरपालिकाको सभा कक्षमा बसेको स्वास्थ्यकर्मीहरुको राष्ट्रिय भेलाले सुरेन्द्र ठाकुरको संयोजकत्वमा स्थानीय तह स्वास्थ्यकर्मी संजाल, नेपाल” घोषणा गरेको हो ।स्वास्थ्यकर्मीहरुले राष्ट्रिय भेलामा भौतिक साथै भिडियो कन्फरेन्सिङको माध्यमबाट भर्चुअल रूपमा जूम क्लाउड बाट सहभागिता जनाएका थिए। शुक्रबार अबेर राति सम्म चलेको सो भेलामा भौतिक रूपमा र जूम बाट समेत गरि ६०० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
“स्थानीय तह स्वास्थ्यकर्मी संजाल, नेपाल” नै नाम राखी २७ सदस्यीय राष्ट्रिय स्तरको ट्रेड युनियन, घोषणा गरिएको हो । कार्यसमितिमा संयोजक: सुरेन्द्र ठाकुर, सह-संयोजक: गौरीशंकर प्रसाद, अध्यक्ष: प्रदीप कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष: पृथ्वी नारायण यादव, उपाध्यक्ष: ईन्दिरा नेपाल, उपाध्यक्ष: मिजानुर रहमान, उपाध्यक्ष:रमेश प्रसाद यादव, महासचिव : राजेश प्रसाद यादव, सचिव: प्रेम कुमार साह, सचिव: युरेन्द्र कुमार साह, सचिव: सिकन्दर ठाकुर, कोषाध्यक्ष: ओम प्रकाश झा, सदस्यहरु:- हरेन्द्र यादव, हरि शंकर प्रसाद, सुलभ साह, अरबिन्द कुमार यादव, राम जनम कुश्वाहा, रन्जना यादव, मजरे आलम, सरोज कुमार पन्डित, राधा मोहन प्रसाद साह, रामा शंकर यादव, सलिम अंसारी, अनिता देवि, रचना कुमारी चौधरी, रन्जित कुमार राय र राजु राय यादव रहेका छन ।

नवगठित “स्थानीय तह स्वास्थ्यकर्मी संजाल, नेपाल”ले सदस्यता विस्तार र ट्रेड युनियन दर्ताका लागि हस्ताक्षर संकलन एकैपटक अघि बढाउने भएको छ । संजाल स्थानीय तहमा कार्यरत रहेका स्वास्थ्य सेवाका सबै तह र समूहको संगठन बन्ने र त्यसमा करारका कर्मचारी समेत समेटिने ठाकुरले बताएका छन्। संगठन दर्ता प्रक्रिया पूरा भए पछि पुनः राष्ट्रिय अधिवेशन आह्वान गरि कार्य समिति बिस्तार गरिने छ।
शुक्रबार राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ठाकुरले ट्रेड युनियन र पेसागत संगठनमा तात्विक भिन्नता रहेको तथा ट्रेड युनियनले नागरिकलाई गुणात्मक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने देखी लिएर स्वास्थ्यकर्मीहरुको पेसागत हकहितको लागि सरकार संङ्ग सामुहिक सौदाबाजी गर्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागी राष्ट्रिय स्तरको ट्रेड युनियनको आवस्यकता रहेको कुरा औल्याएका थिए।

No description available.No description available.

the authoradmin