Saturday, May 23

अध्यक्ष नेपालको उपस्थितिमा विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतित्थ्यता तथा जाजरकोटका प्रजिअको अध्यक्षतामा विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।

आइतबार कर्णाली प्रदेश प्रस्थान गर्नु भएका अध्यक्ष नेपालले भुकम्प प्रभावित जिल्ला जाजरकोटको सदरमुकाम खलंगामा सोमबार आयोजित जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा भूकम्पपीडितहरूको अवस्थालाई दृष्टिगत गरेर कामगर्न अनुरोध गर्नु भएको छ।

Advertisement

अध्यक्ष नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितहरूको लागत संकलन गरेर तत्काल अस्थायी आवास निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो।  साथै अध्यक्ष नेपालले बिरामी, महिला तथा बालबालिका र बृद्धहरूको बारेमा गम्भीर बन्न सरोकालावालाई अनुरोध गर्नुभयो।

विपद व्यवस्थापन बैठकमा विभिन्न राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले विपदपछिको अवस्था र आगामी सम्भावनाका बारेमा भनाई र सुझाव प्रस्तुत गर्नुभएको थियो।

406152251_10228295868333752_2679727022241711004_n-1701066824.jpg

405886710_10228295869053770_1177757231952335442_n-1701066824.jpg

405795961_10228295879134022_6893324617766537648_n-1701066822.jpg

405839092_10228295868813764_2053901175289614360_n-1701066822.jpg