
नेपालअखबार, जाजरकाेट।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राहतसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् ।
गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित बनेको जाजरकोटमा पुगेर अध्यक्ष नेपालले पीडितहरूको साथमा आफूहरू रहेको विश्वास दिलाउनु भएको छ।
आइतबार कर्णाली प्रदेश पुग्नु भएका अध्यक्ष नेपालसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रतिनिधिसभा सांसद तथा पार्टीको कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर थापा, सह इन्चार्ज शेर बहादुर खत्री ,प्रदेश माननीय कल्याणी खड्का ,नेपाल रिटर्नी एशोसियसनका सचिव द्व्ये प्रकाश महरा ,बमबहादुर विसी साथै नेकपा एकीकृत समाजबादी पार्टीका जिल्लाका लगायत नेताहरू यति खेरी जाजरकोटमा छन् । २० घर परिवारलाई न्यानो फाइबर डबल सिरक तथा ३०० विद्यार्थीको लागि शैक्षिक हस्तान्तरण गरेका छन् ।उक्त राहत संकलनमा विद्यार्थीको समेत सहयोग रहेका थिए ।









