Tuesday, May 26

अनेरास्ववियू र युवा संघले बनायो एक दर्जन अस्थायी टहरा

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल र अनेरास्ववियूले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा एक दर्जन अस्थायी टहरा निर्माण गरेको छ।

अनेरास्ववियूकी अध्यक्ष आरती लामाकाअनुसार एक साताको लागि भूकम्प प्रभावित क्षेत्रमा पुगेको अनेरास्ववियू र युवा संघका नेता कार्यकर्ताहरूले उक्त संख्यामा अस्थायी टहरा निर्माण गरेको हो।  यस समयअवधिमा एक दर्जनजति अस्थायी टहरा बनायौं। हामीले बनाएका अस्थायी टहराहरू निक्कै बलियो र मजबुँद बनाएका छौं।’

Advertisement

गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिममा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, उपमहासचिव प्रकाश ज्वाला, कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर थापा, युवा संघका अध्यक्ष कृष्ण बिकलगायतका नेताहरू पुग्नु भएको थियो।

406187066_3733877290222545_2290977972007746979_n-1701327094.jpg