नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितको टोलीले धनुषा जिल्लामा पर्ने कमला नदी कटानले पारेकाे प्रभावभएकाे क्षेत्र अवलोकन गरेका छन् । धनुषा जिल्लाको कमला र जनकनन्दिनी पालिकाको ४१९६० कित्तमा रहेकाे ७६००बिघा, ५००० हेक्टर जमिनका साथै सात हजार परिवार अठाइस हजार व्यक्ति कमला नदीकाे बाढीले प्रत्यक्ष प्रभाव पारेकाे अध्यक्ष नेपालले जान्कारी दिए । कमला नदिले सिरहा जिल्ला तर्फ १५०० बिघा जग्गा नदीले कटान गरेकाे अवस्था अवलोकन गरेका छन् ।
नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितको टोलीमा पार्टीका अन्य नेताहरू सहित २५ जनाको टोली पुगेकाे थियाे । कमला नदिकाे बढिले हरेक वर्ष १२ं५ किलाेलिटर लम्बाइ र ७००देखि १८०० (औसत १ कि .मि )मा नदीले कटान गरेकाे हुदा अध्यक्ष नेपालले दिर्घकालिन समाधानका लागि पहल गर्ने बताएका छन् ।