Saturday, September 5

जुुनसुकै विकल्पबाट भए पनि निर्माण व्यवसायीको भुक्तानी दिनुपर्छ : मन्त्री ज्वाला

नेपालअखबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीले गरिसकेको कामको रकम भुक्तानी गर्ने बताएका छन् ।

Advertisement

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले गत आर्थिक वर्षको बाँकी रहेको रकम मात्रै दिन सके पनि अर्ततन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताएका हुन् ।

Advertisement
Advertisement

‘भुक्तानीका विषयमा हामी आफैं भुक्तमान व्यहोरिरहेका छौं । हामी आफैं माग्ने पक्ष जस्तो भएका छौं । सरकारको एउटा पार्टनर भएपनि त्यहाँ धेरै माग्नुपर्ने र लाग्नुपर्ने, लडिरहनुपर्ने, भनिरहनुपर्ने छ’ उनले भने, ‘अघिल्लो आर्थिक वर्षको रकम जुनसुकै अवस्थामा पनि जुनसुकै विकल्प रोजेर भएपनि त्यसलाई भुक्तानी दिनुपर्छ । त्यसो भयो भने फाइदा हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ ।’

Advertisement

अहिले अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्था भने नरहेको मन्त्री ज्वालाले दाबी गरे ।

‘जसरी भयावह छ सक, एकदम आकाश नै खस्न थाल्यो, धर्ती नै डुब्न थाल्यो । घाँटी घाँटी नै अठ्याउन थाल्यो कि भन्ने अवस्था अलि होइन । त्यति धेरै निराशा बाँड्न पनि हुँदैन । साह्रै ठूलो अफ्ठ्यारोमा परेका छैनौं, उनले भने ।

मन्त्री ज्वालाले लगानी सम्मेलन फलदायी बनाउन द्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताए ।