राजनीतिसमाचार

कोशी प्रदेश सरकारमा जबेगूलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

नेपालअखबार, काठमाण्डौ । कोशी प्रदेश सरकारमा पाँचथरका कमल जबेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश सरकारले तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गर्ने क्रममा नेकपा एकीकृत समाजवादीको तर्फबाट पाँचथर क वाट निर्वाचित जवेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिईएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १ सय ६८को उपधारा (९) बमोजिम कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

सो कार्य विभाजनअनुसार मन्त्री  जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय,मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र बाँकी मन्त्रालयहरु मुख्यमन्त्री कार्कीले हेर्ने भएका छन् ।

the authoradmin