Wednesday, October 8

एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा विविध विषयमा छलफल भएपनि निर्णय दल दर्ता गर्ने निर्णय मात्रै गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

Advertisement

‘एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभाको निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । बाँकी विषयमा भोलि बस्ने बैठकले निर्णय गर्नेछ’, खतिवडाको भनाइ छ ।  नेता खतिवडाले महाधिवेशनबारे मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताए । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।

Advertisement