विदेशविश्वस्वास्थ्य

लकडाउन खोल्दा संक्रमित बढे, भारतले स्पेन र बेलायतलाई पनि उछिन्यो

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमितको संख्या ३ लाख पुग्नै लागेको छ । समाचार तयार गर्दासम्म यहाँ २ लाख ९८ हजार २ सय ८३ जना संक्रमित छन् । यसअघि लामो समयदेखि सक्रिय संक्रमितको सुचीमा भारत चौथो स्थानमा थियो ।
अब भने स्पेन र बेलायतसम्मलाई उछिनेर कुल संक्रमित संख्यामा पनि भारत चौथो स्थानमा उक्लियो । भारतभन्दा धेरै संक्रमित संख्या अमेरिका, बेलायत र रुसमा मात्रै छ ।

भारतमा मृतकको संख्या पनि लगातार बढ्दो छ । यहाँ ८ हजार ५ सय १ जनाले ज्यान गुमाइकेका छन् । एशियामा ईरानपछि सर्वाधिक धेरै जनाको मृत्यु भारतमै भएको हो । ईरानमा ८ हजार ६ सय ६९ जनाको मृत्यु भइसकेको छ ।
भारतमा पछिल्लो समय लकडाउन केही खुकुलो गरिएको छ । तर, यसको असर स्वरुप संक्रमितको संख्या पनि दैनिक बढ्दैछ । अहिले दैनिक ११ हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन् ।
the authoradmin

Leave a Reply