Friday, July 31

परराष्ट्रमन्त्री साउद र कतारका प्रधानमन्त्रीबीच भेट

नेपालअखबार, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता भएको छ।

Advertisement

सोमबार भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन अनुरोध गरेका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

Advertisement
Advertisement

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको सम्बन्धका आधारमा मानवीय मामिलामा कतार सरकारसँग आशा गरेको बताएका थिए ।

Advertisement

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताएका परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव जोशीले बताए ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमणआदि विषयमासमेत कुराकानी गरेका थिए ।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी भएका स्वकीय सचिव जोशीले बताए ।