Friday, July 31

करिब एक हजार जना एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, दाङ। विभिन्न पार्टी परित्याग गरि करिब एक हजार स्थानीय नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित हुनु भएको छ।

Advertisement

एक हप्ता जिल्ला भ्रमणमा निस्किएका पूर्वमन्त्री एवं दाङ क्षेत्र नं. १ का संघीय सांसद मेटमणि चौधरीले एमाले, कांग्रेस, माओवादी, जसपालगायतका नेता, कार्यकर्ता र स्थानीयलाई पार्टी प्रवेश गराउनु भएको हो।

Advertisement
Advertisement

खासगरि जिल्लाको राजपुर,गढवा,राप्ती र घोराहीलगायतका पालिकाका विभिन्न गाउँका स्थानीय नेता कार्यकताहरूले एकीकृत समाजवादी रोज्नु भएको हो।‘एमाले क्रमशः जनताबाट अलोकप्रिय हुँदै गएकाले वैकल्पिक कम्युनिष्ट शक्तिका रूपमा जनताले एकीकृत समाजवादीलाई रोज्न थालेका छन्।’ समाजवादीका लुम्बिनी प्रदेशका सचिवालय सदस्य सुदन खनालले भन्नुभयो।

Advertisement

‘हिजो केही थान जिल्लाका नेताहरु एमालेमा आत्मसमर्पण गर्न गएका थिए। तर, कार्यकर्ता र जनताको साथ चाहिँ एकीकृत समाजवादीलाई नै छ भन्ने पुष्टि पनि भयो।’ एकीकृत समाजवादी दाङका उपसचिव सूर्य बिसीले सुनाउनु भयो।