विचारसमाचार

श्रमिकको हक, हितको कुरा मात्र गरेर पुग्दैन, काम पनि गर्नुपर्छ : सचिव केसी

नेपालअखबार, काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ ( आईसीटीयू ) का सचिव रबि केसीले नेपालको संविधानले आश्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको भएता पनि देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था भने सन्तोषजनक नभएको बताउनु भएको छ ।  उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ  ‘अझै पनि श्रमिकमा ठूलो विभेद, चर्को श्रमशोषण, वृत्ति विकासको अभाव, न्यून पारिश्रमिक, स्थायीको अवसरबाट बञ्चित सामाजिक असुरक्षा जस्ता समस्याबाट पीडित भएको भन्दै थप लेख्नु भएको छ जनताद्वारा चुनिएका तीन तहका सरकार छन् । यस्तो अवस्थामा तीनै तहका सरकार र जनप्रतिनिधिले श्रमिकका समस्याको उचित सम्बोधन गर्न नसक्नु, रोजगारी सिर्जनामा चासो नदेखाउनु र श्रमिकको समस्यामाथि समस्याको चाङ बढाउँदै लानु श्रमिक आन्दोलनको गम्भीर अपमान हो । ’

‘श्रमिकको हक, हितको कुरा मात्र गरेर पुग्दैन, काम पनि हुनुपर्छ । विप्रेषणमा रमाएर मात्र हुँदैन, विदेशी भूमिमा जीउ, ज्यान अर्पिरहेकाको समुचित सम्मान पनि हुनुपर्छ । मूल कुरो, देशभित्र होस् वा बाहिर श्रमिकको सामाजिक सुरक्षामा विशेष बल लगाउनैपर्छ । श्रमिकको हक, हितको कुरा मात्र गरेर पुग्दैन, काम पनि हुनुपर्छ । ’ उहाँले लेख्नु भएको छ ।

the authoradmin