Thursday, August 6

भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) कर्णाली प्रदेशको अधिवेशन सम्पन्न

नेपालअखबार, सुर्खेत। नेकपा (एकीकृत समाजवादी) निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) कर्णाली प्रदेशको विषेश अधिवेशन सम्पन्न भएको छ।

Advertisement

खड्गबहादुर केसीको अध्यक्षता एवं पार्टी केन्द्रीय सदस्य/संगठनका केन्द्रीय अध्यक्ष धनबहादुर कार्कीको प्रमुख आतित्थ्यतामा संगठनको कर्णाली प्रदेश स्तरीय विशेष अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले रणबहादुर कार्कीको नेतृत्वमा १५ सदस्सीय कमिटी चयन गरिएको छ।

Advertisement
Advertisement

कर्णाली प्रदेश प्रचार विभाग प्रमुख वशन्त विश्वकर्माका अनुसार संगठनको उपाध्यक्षमा रत्न बहादुर चन्द र महेन्द्र बहादुर शाही, त्यस्तै सचिवमा प्रेम बहादुर डाँगीलाई चयन गरिएको छ। त्यस्तै संगठनको कोषाध्यक्षमा टोपबहादुर भण्डारीलाई चयन गरिएको छ।

Advertisement

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय केदार कंडेल, कुलदिप भट्ट, केन्द्रीय सल्लाहकार सदस्य केशरसिंह माझी, पार्टी जिल्ला सचिव वीर बहादुर रावत लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

376426984_328236910001418_1994982287053486511_n-1702704047.jpg