राजनीतिसमाचार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपालअखबार,  काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । यसअघि गत मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक पुस २ गते ११ बजेसम्मका लागि सारिएको थियो ।

आज र भोलि दुई दिनसम्म चल्ने बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने सो पार्टीको प्रचार विभागले जनाएको छ । सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ ।

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बैठकमा समान विचार राख्ने राजनीतिक दलहरू, संघसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने छ । देशभर सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा केही नेताहरूको जिम्मेवारी हेरफेरसमेत गरिने सो पार्टीले जनाएको छ ।

the authoradmin