प्रशासनसमाचार

कास्कीमा विभिन्न मुद्दाका ५५ जना अभियुक्तहरू पक्राउ

नेपालअखबार, पाेखरा । कास्कीमा  विभिन्न मुद्दाका ५५ जना अभियुक्तहरू पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ । गत बैशाख देखि मंसिर महिना सम्म  जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता भई फरार रहेका ४४ जना (पुरुष २९ जना र महिला १५ जना) अभियुक्तहरूलाई पक्राउ गरेकाे छ ।

अभियुक्तहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको र अन्यत्र जिल्लामा मुद्दा दर्ता भई यस जिल्लामा बसोवास गर्ने ११ (पुरुष ८ जना र महिला ३ जना) अभियुक्तहरुलाई समेत पक्राउ गरी सम्बन्धित जिल्लामा अनुसन्धानको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे  छ ।
कास्की प्रहरीका  अनुसार  अन्तर्गत कास्की जिल्लामा मुद्दाम दर्ता भई फरार रहेका बैंकिङ कसुर मुद्दाका ४४
जना रहेका छन् ।  अन्यत्र जिल्लामा मुद्दा दर्ता भई फरार रहेका बैंकिङ कसुर मुद्दाका ५ जना, सरकारी छाप दस्तखत किर्ते (लिखत) मुद्दामा २ जना, ठगी मुद्दामा २ जना, आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा १ जना र साईबर अपराध मुद्दामा १ जना पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।

the authoradmin