Wednesday, July 29

७० वर्षे उमेर हद नराख्न प्रस्ताव एकीकृत समाजवादीमा

नेपालअखबर, काठमाडाैं । एकीकृत समाजवादीमा उमेर हद नराख्ने गरी छलफल भइरहेको छ।

Advertisement

सोमबारबाट सुरू भएको सचिवालय बैठकमा नेतृत्वमा ७० वर्षे उमेर हद नराख्ने गरी छलफल भइरहेको हो।

Advertisement
Advertisement

एकीकृत समाजवादीभित्र नेतृत्वमा ७० वर्षे उमेर हद राख्नुपर्ने बहस उठेको थियो।

Advertisement

तर, अहिले केन्द्रीय कमिटीमा २५ देखि ४० वर्षसम्मका युवाको ३० प्रतिशत ४० देखि ६० वर्षसम्मकाको ६० प्रतिशत र ७० वर्षभन्दा माथिको १० प्रतिशत प्रतिनिधित्व रहने गरी छलफल भइरहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

‘युवादेखि वृद्धसम्म अटाउने गरी संचरचना प्रस्ताव गरिएको छ। यसमा छलफल भइरहेको छ। आज यसले पूर्णता पाउने छ,’ उनले भने।

यस्तै, महाधिवेशनमा मौजुदा केन्द्रीय कमिटीका सदस्यहरू स्वतः प्रतिनिधि हुने कि, निर्वाचित भएर आउने पनि बहस रहेको उनले बताए।

‘मैले पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहटबाटै चुनिएर आउनुपर्छ, म धादिङबाट र महासचिव घनश्याम भूसाल रूपन्देहीबाट चुनिएर आउनुपर्छ, स्वतः प्रतिनिधि भन्ने हुँदैन। केन्द्रीय कमिटीका सबै आ–आफ्नो भूगोलबाट प्रतिनिधि छानिएर आउनुपर्छ भनेर प्रस्ताव गरेको छु,’ उनले भने।

एकीकृत समाजवादीले माघ १४ र १५ गते केन्द्रीय परिषद्को पनि बैठक गर्दै छ। त्यसपूर्व विधान मस्यौदाको टुंगो लगाउन लागेको हो।

विधान मस्यौदाका लागि पार्टीले उपाध्यक्ष बेदुराम भूसालको नेतृत्वमा महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको समिति बनाएको थियो।

एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। यसअघि माघको १४ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने भनिएकामा राष्ट्रिय सभाको निर्वाचनलाई कारण देखाएर जेठमा धकेलिएको हो।

एकीकृत समाजवादीको सचिवालय बैठक मंगलबार पनि बस्दैछ। सचिवालय बैठक आज अपराह्न १२ः३० बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष पाण्डेले बताए।