Monday, May 25

एकीकृत समाजवादीका सचिवालय सदस्यहरुले मृत्युपछि अंगदान गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरुले मरणोपरान्त अंगदान गर्ने भएका छन् । शनिबार सम्पन्न पार्टीको  सचिवालयको ७० औंं  बैठकले सो निर्णय गरेको बैठकपछि पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बतउनु भयो ।  ।

पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मृत्युपर्यन्त अंगदानका लागि उत्प्रेरित गर्नेसमेत निर्णय भएको उहाँले जानकारी गराउनु भयो  ।
‘सचिवालय सदस्यको हकमा सबैले प्रतिवद्धता जनाएका छौं । यसैगरी, अन्य नेता कार्यकर्तालाई पनि आह्वान गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो  ।

Advertisement

नेकपा एसको बैठकमा काठमाडौंमा हिजो सुरु भएको अंग प्रत्यारोपण सम्बन्धी सम्मेलनबारे चर्चा भएको थियो । यसक्रममा नेताहरुले मृत्युपछि गरिने अंगदानले नसर्ने रोग लागेका धेरै गम्भीर बिरामीहरुको ज्यान बाँच्न सक्नेबारे छलफल गरेका थिए । त्यसपछि पार्टीका तर्फबाट मरणोप्रान्त अंगदानसम्बन्धी प्रतिवद्धता जाहेर गर्ने कुरा भएको नेता खतिवडाले बताउनु भयो  ।

‘अहिले किड्नी मुटु, कलेजोजस्ता धेरै संवेदनशील अंगहरु प्रत्यारोपण गर्न सकिने सुविधाहरु आएका छन् । मृत्युपर्यन्त अंगदानले धेरैको जीवन बाँच्न सक्छ । त्यसैले हाम्रो निर्णयले जनमानसमा पनि सकारात्मक सन्देश दिने आशा गरेका छौं,’ उहाँले बताउनु भयो ।