अर्थसमाचारसमाज

पाँच महिनामा १७ अर्बको खाद्यान्न आयात

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले १७ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांक अनुसार १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गरिएको हो ।

चामल, धान, मकै, गहुँ लगायत खाद्यान्न वस्तु यो अवधिमा आयात भएको विभागको भनाइ छ ।  यी वस्तु भारत, चीन, इन्डोनेसिया, इटाली, जापान लगायत मुलुकबाट आयात गरिएको रिपोर्टमा उल्लेख छ ।

खाद्यान्नमा नेपालको १७ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ व्यापार घाटा छ । नेपालले १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गर्दा ५३ लाख ७५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात गरेको छ ।खाद्यान्न वस्तु आयात–निर्यात बापत सरकारले १ अर्ब १७ करोड १५ लाख ४६ हजार राजस्व संकलन गरेको छ ।

the authoradmin