Monday, June 1

एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटी बैठक आजबाट

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटीको वैठक आजदेखि सुरू हुँदैछ। वैठक तीनसम्म चल्नेछ।

ललितपुरको ग्वार्कोस्थित कान्तिपुर गार्डेनमा बुधबार बिहान ११ बजे वैठक उद्घाटन हुनेछ। वैठकमा पार्टीको प्रस्तावित विधानमाथि छलफल हुने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

Advertisement

उहाँले भन्नुभयो, ‘बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धि छलफल हुनेछ। साथै विधान संशोधन प्रस्ताव उपर पनि बैठकमा छलफल हुनेछ।’

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल गर्ने पार्टीको तयारी छ।