अर्थमनोरञ्जनसमाचार

६ दिनमा ५०० करोड क्लबमा पुग्यो सालार

Nepal Akhabar

नेपालअखबार,  हैदरावाद । दक्षिण भारतीय अभिनेता प्रभासको नयाँ फिल्म सालारले फिल्म हलहरूमा धमाल मच्चाइरहेको छ । प्रभास भारतीय फिल्म उद्योगको सबैभन्दा ठुलो सुपर स्टारमध्ये एक बनेका छन् । बाहुबली २ यता राम्रो फिल्म दिन नसकेका प्रभासले सालारको शानदार कमब्याक गरेका छन् ।

यो फिल्मले एकपछि अर्को गर्दै रेकर्ड पनि तोडिरहेको छ । क्रिटिक्सहरुबाट फिल्मले राम्रो रेस्पोन्स पाइरहेको छ भने दर्शकहरूले पनि खुलेर तारिफ गरिरहेका छन् । पहिलो दिनदेखि नै फिल्मले तुफानी कमाइ शुरु गरेको थियो ।

यो यस वर्षको सबैभन्दा ठुलो वर्ल्डवाइड कलेक्सन गर्ने फिल्म बनेको छ । यो हप्तामा फिल्मको कमाई तीव्र गतिमा अगाडि बढिरहेको छ । विश्वभर फिल्मको कमाई ५०० करोड भारु पुगिसकेको छ । यति ठुलो रकम फिल्मले जम्मा ६ दिनमा कमाएर देखाइदिएको छ ।

सैकनिल्कका अनुसार सालारले बुधवार भारतीय बक्स अफिसमा मात्रै १८ करोड भारुभन्दा धेरैको कलेक्सन गरेको छ । ६ दिनमा घरेलु बक्स अफिसमा फिल्मको कलेक्सन २९९ करोड भारु पुगेको छ । बिहीबार फिल्म ५०० करोड क्लबमा पुगेको छ ।

शाहरुख खानको डंकीसँगको प्रतिस्पर्धाबिच पनि सालारको हिन्दी भर्जनले राम्रो कमाई गरिरहेको छ । बुधवार फिल्मको हिन्दी संस्करणले ८ करोड भारु कमायो । योसँगै बक्स अफिसमा हिन्दी भर्जनको कमाई ८५ करोड भारुमाथि पुगेको छ । अबको २ दिनभित्र भारतमा फिल्मको कमाई १०० करोड भारुमा पुग्नेछ ।

सालार यो वर्षको सबैभन्दा ठुलो हिन्दी फिल्ममा परिसकेको छ । फिल्मले वर्ल्डवाइड कलेक्शनमा सलमान खानको टाइगर ३ लाई समेत उछिनेको छ । टाइगर ३ को वर्ल्डवाइड कलेक्सन ४६६ करोड भारु थियो । सालार यो वर्षको सातौं ठुलो भारतीय फिल्म बनेको छ । फिल्मले छिट्टै नै वर्ल्डवाइड बक्स अफिसमा ६०० र ७०० करोड कलेक्सन गरेको जेलर, लियो र गदरर–२ लाई उछिन्ने छ । यो हप्ताको अन्त्यसम्म फिल्म जवान, पठान र एनिमलपछि वर्षकौ चौथो ठुलो फिल्म बन्ने छ ।

 

the authoradmin