प्रशासनसमाचारसमाज

२ सय किलो आखेटोपहार सहित दुई जना पक्राउ

नेपालअखबार, संंखुवासभा। संंखुवासभा प्रहरीले मकालु वरूण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जंगली जनावर सालकको आखेटोपहार सहित दुई जनालाई पक्राउ गरेको छ।

आखेटोपहार सहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटे र एक महिला छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन।

प्रहरीले उनीहरूलाई गए राति दुई सय किलो आखेटोपहार सहित पक्राउ गरेको हो।

पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ। उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने प्रहरीले बताएको छ।

the authoradmin