Friday, July 31

जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु

नेपालअखबार, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

Advertisement
Advertisement

उनलाई बिहीबार राति हात्तीले आक्रमण गरेको र घरबाट ५० मिटर पर बाटामा शव फेला परेको प्रहरीले बताएको छ।

Advertisement

हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ।

मृतक राईको शव पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको प्रहरीले बताएको छ।