Monday, May 11

मालपोत कार्यालय कास्कीका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल अखबार, काठमाडौं । मालपोत कार्यालय कास्कीका नायब सुब्बा दिपक सुवेदीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।अनुसन्धानको क्रममा सुवेदीले बैङ्कबाट कर्जा निकाल्ने प्रयोजका लागि जमिन रोक्का गर्ने कार्य सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग तीन हजार रुपैयाँ घुस लिएको माग दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *