राजनीतिसमाचार

एमाले गण्डकीले १० करोडको घर किन्ने

नेपालअखबार, पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले १० करोडमा घर खरिद गर्ने भएको छ । पोखरा ८ सिर्जना चोकमा रहेको घर ९ करोड ६५ लाखमा खरिद गर्ने सम्झौता भइसकेको सचिव धनन्जय दवाडीले जानकारी दिए ।

उनका अनुसार पास समेत गर्दा १० करोडभन्दा बढी लाग्छ । ‘४ महिनाभित्र घर पार्टीको नाममा पास गर्ने सहमति भएको छ,’ उनले भने, ‘रकम चाहिँ पार्टी सदस्यबाटै उठाउने निर्णय गरेका छौँ ।’ उनका अनुसार पार्टी कार्यालयका लागि उक्त घर किन्न लागिएको हो ।

यसअघिको बैठकले प्रत्येक सदस्यबाट ५ सय नघट्ने गरी उठाउने निर्णय गरेको थियो । गण्डकीमा ६३ हजार पार्टी सदस्य रहेका एमालेको दाबी छ । पार्टी सदस्यबाट मात्रै ३ करोड १५ लाखभन्दा बढी उठ्छ । बाँकी रकम शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने उनले बताए ।यस्तै, एमालेले जिल्लाका अधिवेशन चैतभित्र सक्ने निर्णय गरेको छ । ११ वटै जिल्ला अधिवेशन चैतमा सक्ने र त्योभन्दा पहिले माघभित्र जनवर्गीय संगठनको अधिवेशन हुने एमाले गण्डकीले बताएको छ ।

the authoradmin