Saturday, May 9

बारा–काठमाडौँ सम्पर्क मञ्चको १३औं सम्मेलन सम्पन्न

नेपालअखबार, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बारा–काठमाडौँ सम्पर्क मञ्चको १३औं सम्मेलन सम्पन्न भएको छ।

शनिबार काठमाडौँको तीनकुनेमा सम्पन्न भेलाबाट अजय कुशवाहाको नेतृत्वमा ११ सदस्यीय बारा–काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको हो।

Advertisement

कमिटीको उपाध्यक्षमा सुस्मिता मैनाली, रविशंकर प्रसाद यादव चयन हुनुभएको छ भने मञ्चको सचिवमा राजिव मनान्धर, सहसचिवमा नागेन्द्र पासवानलाई चयन गरिएको छ। त्यस्तै सदस्यहरूमा विवेक गुप्ता, जावेद आलमलगायत रहनु भएको छ।

भेलामा पार्टीका पोलिटव्यूरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरू चमिना भट्टराई, श्रीप्रसाद पासवान, विभा कार्की, हिमाल खरेल, संविधान सभा सदस्य रामचन्द्र प्यासी बारा जिल्ला कमिटी अध्यक्ष विजेन्द्र चौधरी, मधेस प्रदेश सम्पर्क मञ्चका अध्यक्ष बेदनाथ कोइराला, एकीकृत समाजवादी बाराका उपसचिव सरस्वती मैनाली, सचिवालय सदस्य सुभाष साह, मनोज गुप्ता, गणेश रिजाल, राजु आचार्यलगायतको विशेष सहभागिता रहेको थियो।