शिक्षासमाचारसमाज

सभापति खानको पहलमा खानेपानी मेसिन जडान

नेपालअखबार, सिरहा । सभापति खानको पहलमा खानेपानी मेसिन जडान जिल्लाको श्री राम दुलारी माध्यमिक विद्यालय, कल्याणपुर–११ मा खानेपानी मेसिन जडान भएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खानंको विशेष पहलमा र ईन्भाईरोमेन्ट प्रोटेक्शन कोपरेटिभको सहयोगमा विद्यालयको बच्चाहरुका लागि खानेपानी, फिल्टर सहित ट्याङ्की जडान गरिएको सिरहा जिल्लाको यूवानेता दिप नारायण यादवले जानकारी दिएका हुन् ।

पछिल्लो समयमा मधेशभरि विभिन्न ४०० सय विद्यालयमा सभापति खानकाे पहलमा यो कार्यक्रम संचालन गरिएको छ ।

यो कार्यक्रम निरन्तररुपमा मधेश प्रदेश देखि अन्य प्रदेशहरुमा पनि संचालन गरिने जनाइएको छ ।

the authoradmin