Thursday, July 16

राष्ट्रिय सभा निर्वाचन: १९ पदमा ८ दलका ५२ जनाको उम्मेदवारी

नेपालअखबार, काठमाडाैं। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि विभिन्न दलका ५२ जनाले उम्मेदवारी दिएका छन्।

Advertisement

सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनपत्र दर्ता भएको हो।

Advertisement
Advertisement

राष्ट्रिय सभाको निर्वाचन रिक्त हुने १९ पदको लागि हुँदैछ। त्यसका लागि ५२ जना उम्मेदवारले उम्मेदवारी दिएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यस निर्वाचनमा आठ वटा दलले भाग लिँदैछन्।

Advertisement

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले यस निर्वाचनमा उम्मेदवारी दिएका छन्।

कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट गरी जम्मा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ।

बागमती प्रदेशमा महिला समूहका लागि चार दल, दलित समूहका लागि ३ दल, अपांगता वा अल्पसंख्यक समुदायका लागि चार दल र अन्य समूहका लागि चार दल गरी जम्मा १५ जनाले उम्मेदवारी दिएका हुन्। गण्डकी प्रदेशमा महिला समूहका लागि ३ दल, अपांगता वा अल्पसंख्यक समुदायका २ दल र अन्य समूहका ३ राजनीतिक दलबाट जम्मा ८ जनाले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै लुम्बिनी प्रदेशमा महिला समूहमा ३ दल र अन्य समूहका लागि ४ दलको तर्फबाट ७ जनाले उम्‍मेदवारी दिएका हुन्।

कर्णाली प्रदेशमा महिलाका लागि दुई दल, दलित समूहका लागि २ दल र अन्य समूहका दुई दलबाट ६ जनाको मनोनयन दर्ता भएको हो।

सुदूरपश्चिममा महिलाका लागि दुई दल, अपांगता वा अल्पसंख्यकका लागि दुई दल र अन्य समूहका लागि दुई दलका तर्फबाट ६ जनाले उम्मेदवारी दिएका हुन्।

सात प्रदेशमा महिलातर्फ १८, दलित तर्फ ५, अपांगता भएका वा अल्पसंख्यक तर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जनाले उम्मेदवारी दिएका हुन्।

हेर्नुस् क-कसले दिए उम्मेदवारी: