Wednesday, July 15

पुनर्स्थापना केन्द्रमा रहेका एक जनाको मृत्यु

नेपालअखबार, काठमाडाैं। भरतपुर महानगरपालिका-५ नारायणपुरमा रहेको लाइफ केयर पुनर्स्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ।

Advertisement

प्रहरीका अनुसार खैरहनी नगरपालिका-८ का ५८ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो।

Advertisement
Advertisement

केन्द्रमा अचानक ढलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।

Advertisement

मृतकको शवको पोस्टमर्टम रिपोर्ट आउन बाँकी छ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। थापाले अत्यधिक मदिरा सेवन गर्न थालेपछि उनको परिवारले यही पुस १७ गते पुनर्स्थापना केन्द्रमा ल्याएका थिए।