कृषिसमाचार

नार्क र एफएओका पदाधिकारीबीच उच्चस्तरीय छलफल

Nepal Akhabar

नेपालअखबार,  काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) का पदाधिकारी बीच कृषि अनुसन्धानका विषयमा विस्तृत छलपल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार ललितपुरमा आज उक्त छलफल भएको हो । छलफलमा बोल्दै एफएओका महानिर्देशक क्यू डोंग्यूले नेपालमा खाद्यान्नको गुणस्तर, स्वच्छता, ठूला होलसेल बजारको स्थापना, नीजि क्षेत्रको सहभागितामा उत्पादन, आयात र निर्यातको व्यवस्थापन जस्ता विषयमा गहिरो अध्ययन र अनुसन्धान आवश्यक रहेको एफएओको बुझाइ रहेको बताए ।

उनले नार्कले हालसालै देखिएको केराको पनामा रोगको टिआर ४ प्रजातिविरुद्ध लडी त्यसको फैलावट रोक्न एफएओले साथ दिन पाउँदा खुशी लागेको बताए । त्यस्तै डिजिटल माटोको नक्सालाई विश्वको माटोको नक्सामा आवद्ध गर्न सके नेपालको माटो पनि विश्वभरि सूसुचित हुने विचार व्यक्त गरे ।

उनले नेपालको कृषि मन्त्रालयलाई आविष्कार र अनुसन्धानमा पर्याप्त लगानी गर्न पनि आग्रह गरे । नेपालले अनुगमनको प्रणाली, बाली विशेषमा क्षमता वृद्धि, लगानी प्रबर्द्धन, खाद्य प्रशोधन, भूमिको उपयोग र नीजि क्षेत्रको सहभागिता जस्ता विषयमा नीतिगत स्पष्टता ल्याउन सके नेपालमा कृषि उत्पादन बढाउन सजिलो हुने आफुलाई लागेको बताए ।

नार्कका अध्यक्ष एवम् कृषि तथा पशुपञ्छी विकास मन्त्री डा. वेदुराम भुसालले नार्कको अनुसन्धान प्रकृयालाई अँझ उन्नत बनाउन आवश्यक नीति निर्माणमा मन्त्रालय लागिरहेको र एफएओ जस्ता सँस्थासँगको सहकार्यमा नार्कले अँझै उन्नत प्रविधि विकास गर्ने सम्भावना रहेकोले कृषि अनुसन्धानमा एफएओको सहयोग र सहकार्य प्रशंसनीय रहेको र यसलाई अँझ मजबुत बनाउनुपर्ने बताए । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले एफएओले नार्कलाई महत्व दिएर महानिर्देशकको नेतृत्वमा उच्च स्तरीय टोलीलाई स्वागत स्वागत गर्न पाउँनु आफैमा एक एैतिहासिक अवसर भएको बताउँदै हाल नार्कले गरिरहेका अनुसन्धान, हालसम्मका प्रगति र सहकार्यका विषयहरुमा प्रकाश पारे । उनले नार्कका बैज्ञानिकहरुको क्षमता अभिवृद्धि गर्न र कृषि अनुसन्धानमा एफएओले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा नार्कले एफएओसँगको सहकार्यलाई अँझ विस्तृत बनाउन चाहेको कुरा व्यक्त गरे ।

यसैबीच कृषि मन्त्री भुसालले एफएओका महानिर्देशक र अन्य सहभागीलाई नेपालको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । टोलीले राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका संयोजक प्रकाश भट्टराई, राष्ट्रिय बाली रोग अनुसन्धान केन्दका प्रमुख सुरज बैद्य एवम् वैज्ञानिक डा. रामबहादुर खड्का, पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल र राष्ट्रिय पशु प्रजनन् अनुसन्धान केन्द्रका वैज्ञानिकहरुसँग अन्तरक्रिया गर्दे अनुसन्धानका गतिविधिको अवलोकन गरेको थियो । टोलीले जिन बैंकका गतिविधिको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार छलफल कार्यक्रममा एफएओका तर्फबाट उप महानिर्देशक जोन जिंग किम, सिनियिर प्रोग्राम स्पेसलिष्ट श्रवण अधिकारी, सहायक प्रतिनिधि विनोद साह, माहनिर्देशकका सहायक शु होंग, सियामो जियांग, मोक्सिमि टोर्जा, केन सिमिजु, लगायतको सहभागिता थियो । यसैगरी नार्कको तर्फबाट, योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे, अनुगमन महाशाखा प्रमुख डा. सुधा सापकोटा, राष्ट्रिय बाली प्रजनन तथअनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्णहरि घिमिरे, राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. अजय श्रीरत्न बज्राचार्य, जैविक प्रविधि अनुसन्धान केन्द्रका प्रमुख डा. रेशमबाबु अम्गाई, राष्ट्रिय बीउविजन अनुसन्धान केन्द्रका प्रमुख डा. पल्लवी सिंह लगायत अन्य वैज्ञानिक एवम् प्राविधिकहरुको सहभागिता थियो ।

the authoradmin