अपराधसमाचार

श्रीमतीको हत्या गरि फरार रहेका कुरुम्बाङ पक्राउ

नेपालअखबार, पाँचथर। खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरि फरार रहेका  पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेका तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ पक्राउ परेका छन् ।

हाङ्गुमको पखरे टोलमा शनिबार विहान पक्राउ गरिएको प्रहरी इस्पेक्टर दिवक कुँवरले जानकारी दिए ।

बाटोमा हिड्दै गरेको अवस्थामा शनिवार विहान ७ः४० बजेको समयमा पक्राउ परेका हुन् । उनलाई खोजी गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सासु र छिमेकीलाई गम्भिर घाईते बनाएर फरार भएका थिए । ससुराली घरमा खुकुरी प्रहारबाट उनकी श्रीमती गोमा फियाकको मृत्यु भएको थियो भने सासु कान्छीमाया फियाक र छिमेकी मेहन्द्र श्रेष्ठ घाईते भएका थिए ।

the authoradmin