Friday, August 21

एकीकृत समाजवादीको शंखरापुरको प्रशिक्षण कार्यक्रम सम्पन्न।

नेपालअखबार, काठमाडौं। एकीकृत समाजवादीको शंखरापुर नगरस्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।शंखरापुर नगरपालिकाको वडा नं ८मा आयोजित सो कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई कार्यक्रमका  प्रमुख अतिथी पार्टीका अध्यक्ष माधव कुमार नेपाल तथा महासचिव घनश्याम भुषालले प्रशिक्षित गराएका थिए।एकीकृत समजवादी शंखरापुर नगर अध्यक्ष श्याम कुमार वाईबालेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सो पार्टिका करिव  २०० नेता कार्यकर्ताको सहभागीता थियो।

Advertisement

उक्त कार्यक्रमका प्रमुख अतिथी,एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको गठबन्धन पाँच बर्ष चल्ने बताउनुभयो।त्यसैगरी सो अवसरमा  महासचिव भुषालले नेपाल्को कम्युनिस्ट आन्दोलन सिध्याउन केपि ओलि लागेको बताउनुभयो।

Advertisement
Advertisement

शंखरापुरमा निर्णायक राजनितिक शक्तिको रुपमा रहेको एकीकृत समाजवादीले संगठन बिस्तारको काम तीब्रताका साथ गरिरहेको छ।

Advertisement