खेलकुदसमाचार

टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी सेमीफाइनलमा, खेल जितेर पनि बाहिरियो आर्मी

Nepal Akhabar
नेपालअखबार, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमीफाइनलमा स्थान पक्का गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकी  विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि सेमीफाइनलको यात्रा तय गरेको हो । खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । दुबै टोलीलाई जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिए पनि दोश्रो र तेश्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले जित्दै खेलमा पुनरागनन गर्न सफल भयो । तर चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले खेल जितेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।

गण्डकीले सेमीफाइनलमा ग्रुप बीको बिजेता सशस्ब प्रहरीको एपिएफ क्लवको सामना गर्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३–२ को सेटमा हराएको थियो । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो । समूह बि बाट एपिएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार हुने पुरुषतर्फको सेमीफाइनलमा हेल्प नेपाल र श्रीलंका आर्मी तथा दोश्रो खेल एपिएफ र गण्डकीका बिच हुनेछ ।

त्यस्तै महिलातर्फ तेश्रो स्थानका लागि हुने खेलमा नेपाल आर्मीको त्रिभुबन क्लवले अर्को विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ ।

टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेल हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।
यता महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि भिडन्त पक्का भएको छ ।
जारी प्रतियोगिताको दोश्रो सेमीफाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउँदै एपिएफ क्लब संग भिडन्त पक्का गरेको छ ।

सम्पन्न खेलमा पहिलो सेट २५–१९ ले दोस्रो सेट २५–१८ र तेस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको छ खेलमा टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित भएकी छन् ।

सम्पन्न एक अर्को सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको छ । दोश्रो र तेश्रो सस्करणको च्याम्पियन एपिएफले बिहिबार उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।

सम्पन्न खेलमा एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र १५– १३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो । पाँचौ सेट जारी रहँदा एपिएफ ७–२ ले पछि थियो । आर्मीले आफ्नो अग्रतालाई जोगाउन सकेन । आर्मीको एक पछि अर्को गल्तीको फाइदा उठाउँदै अन्ततः एपिएफ फाइनलमा स्थान पक्का गर्न सफल बन्यो । खेलमा एपिएफका सरस्वती चौधरी टाइगर अफ दि  म्याच घोषित भएकी छन् ।

जारी प्रतियोगितामा अविजित रहँदै एपिएफले उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । चौथो सस्करण जितेमा एपिएफले टाइगरकपको उपाधिमा ह्याट्रिक समेत गर्नेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।

the authoradmin