अर्थप्रदेश ४

३४ अर्व ८४ करोडको बजेट गण्डकी प्रदेशमा

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सरकारले आव २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार विनियोजन भएको बताए । उनले पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार तथा वित्तीय सुधारका लागि ५० करोड विनियोजन गरेको जनाएका छन ।

बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रू ३४ अरब ८४ करोड २१ लाख ६० हजार खर्च हुने अनुमान गरिएको बताए । जसमध्ये, चालुतर्फ रु १४ अर्व ३४ करोड २६ लाख ८४ हजार, तथा पुँजीगततर्फ रु १९ अर्व ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन प्रस्ताव गरेको मन्त्री गुरुङले जनाए ।

यो बजेट प्रस्तुती संगै गण्डकी प्रदेशको आगामी २०७७/०७८ को बजेट आकार समेत बढेको छ । चालु आवमा ३२ अर्व १३ करोडको बजेट ल्याएका मन्त्री गुरुङले कोभिड १९ सक्रमण विरुद्ध लडन भन्दै आव २०७७/०७८ का लागि बजेटको आकार समेत बढाएका छन ।
the authoradmin

Leave a Reply