राजनीतिसमाचार

कोशी प्रदेशमा कृष्ण सिटौला विजयी

नेपालअखबार, विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण प्रसाद सिटौला विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभामा सिट सुरक्षित गरेका हुन् ।

सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा  उद्धवले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले पनि प्रदेशतर्फ १ मत पाए ।

यसैगरी स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुरामले ५ जनाको मत पाए ।

जसअनुसार विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे ।

the authoradmin