Tuesday, February 10

आगलागीबाट बर्दियामा ८० वर्षीय वृद्धको मृत्यु

नेपालअखबार, बर्दिया। बर्दियामा आगलागीबाट एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका– ३ भुरीगाउँका ८० वर्षीय चेतानन्द शर्माको उपचारका क्रममा शुत्रबार निधन भएको हो।

Advertisement

उनको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहान पौने दस बजेतिर मृत्यु भएको प्रहरीले बताए।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी पवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार शुक्रबार बेलुका ७  बजेतिर आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर शर्माको शरीरका विभिन्न भाग जलेको थियो।

गम्भीर घाइते उनलाई जिल्ला अस्पताल गुलरियाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पतालमा लगिएको थियो ।