राजनीतिसमाचार

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी १९९ जनाको हुने

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी १९९ जनाको हुने भएको छ।

यहि माघ १४ र १५ गते राजधानीको प्रज्ञाभवनमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय परिषद् वैठकले उक्त निर्णय गरेको हो। त्यस्तै वैठकले केन्द्रीय पदाधिकारी १९ जना, प्रदेश कमिटी ७५ जना, जिल्ला कमिटी ५५ जना, पालिका कमिटी ४५ र वडा कमिटी ३५ सदस्सीय हुने निर्णय गरेको छ।

विधानमा पार्टीका सबै कमिटीहरुमा २० प्रतिशत ४० वर्ष मुनिका युवा रहने व्यवस्था गरिएको छ। एकीकृत समाजवादीको सांठनिक संरचना केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी रहने छ। उक्त प्रावधान संशोधित विधानमा राखिनेछ।

the authoradmin