खेलकुदसमाचार

गण्डकीमा ई–स्पोर्टस संघ गठन

Nepal Akhabar

नेपालअखबार, पोखरा । विश्वमानै आकषर्णको रुपमा ई–स्पोर्टसलाई खेललाई गण्डकीमा प्रवर्द्धन र विकास गर्नका लागि ई–स्पोर्टस संघ गठन गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षद्वयमा श्याम प्रसाद श्रेष्ठ र स्वम्भू कुंवर, महासचिबमा शौरभ ढकाल, सचिबमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान रहेका छन् ।

यसै गरी कार्यसमिति सदस्य अमप्रसाद थापा पुन, सुभाष चन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजङ्ग कुंवर र प्रज्वल बहादुर बाँनिया रहेका छन् ।

परिषदका बोर्ड सदस्य तथा खेल पत्रकार केशव पाठकको अध्यक्षतामा सम्पन्न भेलामा नवगठित तदर्थ समितिका अध्यक्ष बरालले गण्डकीमा इस्पोर्टस खेलको विकासमा आफूले सक्दो पहल गर्ने बताए ।

the authoradmin