प्रशासनसमाचार

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो : कार्यालय प्रमुख दास

मेवालाल यादव , रौतहट। रौतहट यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । यातायात कार्यालय गौरमा रातिमै परीक्षा र ट्रायल हुने गरेको तथा मोटरसाइकल एवं चारपांग्रे सवारी साधनको लाइसेन्सका लागि छुट्टा–छुट्टै शुल्क लिने गरेको भनी केहि सञ्चारमाध्यममा आएको खबरमा कुनै सत्यता नरहेको कार्यालय प्रमुख दासले बताएका छन् ।

केहि व्यक्तिले व्यक्तिगत प्रतिसोध साध्न सञ्चारमाध्यममा झूठा, भ्रामक र कपोकल्पीत खबर सम्प्रेशन गराएर कार्यालयलाई बदनाम गराउने काम गरेको दासले बताए । आफना प्रतिक्रिया समेत नराखी एकहोरो ढंगले हुदै नभएको जथाभावी कुरा लेखेर समाचार समप्रेशन गर्नु कतिको उचित हो भनी उनले प्रश्न गरे । आफना प्रतिक्रिया समेत नराखी एकतर्फि ढंगले झूठो समाचार सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्न खोज्ने विरुद्ध आफु कानुनी बाटोमा लाग्ने समेत उनले बताए । लाइसेन्सका लागि बिचौलिया मार्फत शुल्क लिने गरिएको भन्ने सञ्चारमाध्यममा आएको कुरा आफुलाई थाहा नभएको उनले बताए । यहाँबाट मोटरसाइकल एवं चारपांग्रे सवारी साधनको लाइसेन्सका लागि आफुहरु कुनै प्रकारको शुल्क नलिने गरेको उनले दावी गरे ।

कार्यालयले पैसा उठाउन वा पैसा लिन कुनै बिचौलिया नराखेको प्रष्ट पार्दै दासले लाइसेन्स बनाउन कसैले पैसा मागे सिधै आफुलाई खबर गर्न सबैलाई आग्रह गरे । लाइसेन्स बनाउन पैसा लिएको बिचौलिया फेला परे हदैसम्मको कार्यवाही गर्ने समेत उनले बताए । आम नागरिकलाई सहज र सरल ढंगले सेवा दिएकै कारण रौतहट सहित अन्य जिल्लाबाट समेत लाइसेन्सका लागि यातायात कार्यालय गौरमा मानिसहरु आउने गरेको उनले बताए ।

एकैदिन बिहान लिखित परिक्षा र बेलुका ट्राएल लिने गरेएको हुँदा यस्तोमा समय र पैसा दुबैको बचत हुने गरेकोले अन्य ठाउँभन्दा यातायात कार्यालय गौर रौतहटमा लाइसेन्स लिन आउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको कार्यालय प्रमुख दासले बताए ।गौरमा लाइसेन्स लिनका लागि आम नागरिकको आकर्षण बढेसंगै राज्स्व संकलनमा समेत वृद्धि भएको उनले बताए । आफुले गर्ने राम्रो कामबाट आतिएका केहि व्यक्तिले आफुलाई जसरी नि बदनाम गरी असफल सावित गर्न कार्यालयको बारेमा भ्रम क्षर्णे काम गरेकोले त्यस भ्रमको पछाडि नपर्न उनले आग्रह गरे ।

the authoradmin