
नेपालअखबार, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरुबीचको एकताको विषय उठाएका हुन् ।
सभामुख घिमिरेले चालु अधिवेशनदेखि संसदलाई प्रभावकारी क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी गराए । यो अधिवेशनदेखि संसदीय गतिविधि समयवद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले बताए ।
प्रतिनिधिसभाको बितेका दुई अधिवेशनमा संसद नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन् ।गत अधिवेशनमा जम्मा एउटा कानुन बने पनि धेरै कानुन निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने सभामुख घिमिरेले बताए ।

