Monday, July 6

रोल्पाको माडी गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसरमा भन्दै सार्वजनिक बिदा

नेपालअखबार,  रोल्पा। रोल्पाको माडी गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध’ दिवसको अवसरमा भन्दै सार्वजनिक बिदा दिएको छ ।

Advertisement

माघ १७ गतेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना निकालेर जानकारी गराएका छन् ।

Advertisement
Advertisement

उक्त दिन गाउँपालिका मातहतका सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने सूचनामा उल्लेख छ । उक्त गाउँपालिकामा गत स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको थियो ।

Advertisement

सर्वोच्च अदालतले भने ‘जनयुद्ध’ दिवसमा बिदा दिने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष गरेको निर्णय खारेज गरेको थियो । विभिन्न मितिमा परेका ६ वटा रिटमाथि सुनुवाइ गरेको सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय खारेज गरेको भए पनि गाउँपालिकाले त्यो आदेश विपरीत सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।