राजनीतिसमाचार

आज माओवादी केन्द्रको स्थायी समिति बैठक

नेपालअखबार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को  स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ । पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ ।  फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने छ । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले जानकारी दिए । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने उनले बताए ।

‘अधिवेशनको एजेण्डाबारे छलफल गर्न दुई दिन स्थायी समिति र दुई दिन केन्द्रीय समिति बैठक बोलाएको हो । मूल एजेण्डा मस्यौदामाथि छलफल हो । बैठकमा विशेष रूपान्तरणबाट आएका सुझावमाथि पनि छलफल हुनेछ । मस्यौदा परिमार्जनसहित पारित गरेपछि अधिवेशनमा पेस गर्ने कार्यसूची रहेको छ’, साहले भने ।

the authoradmin